आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

समाचार

एकीकृत समाजवादीले आगामी महाधिवेशनमा एउटा मात्रै दस्तावेज पेस गर्ने


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/7008
    फागुन १७, २०८० बिहीबार
    एकीकृत समाजवादीले आगामी महाधिवेशनमा एउटा मात्रै दस्तावेज  पेस गर्ने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आगामी जेठ पहिलो साता हुने १० औँ महाधिवेशनमा एउटा मात्रै दस्तावेज प्रस्तुत हुने भएको छ ।

    अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’को बिहीबार सम्पन्न बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    मस्यौदा समितिको बैठकपछि पार्टीभित्र अलग–अलग सोच छ भन्ने कुराको अन्त्य भएको र सबै भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने नेता खतिवडाको भनाइ छ ।

    महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रूप दिन विभिन्न समूह बनाएर छलफल र कार्यविभाजन गरिएको प्रवक्ता खतिवडाको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij