आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

समाचार

संसद् बैठक अवरोध गर्ने राप्रपाको तयारी


  • 343
    SHARES
  • https://indrenipost.com/index.php/posts/7018
    फागुन १८, २०८० शुक्रबार
    संसद् बैठक अवरोध गर्ने राप्रपाको तयारी

    काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ ।

    लघुवित्तका ऋणी, मिटरब्याज पीडित लगायतको माग पूरा गर्न सरकार चासो नदेखाएकाले संसद् अवरोध गर्ने राप्रपाले तयारी गरेको हो ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आजको संसद् अवरोध गर्ने जानकारी दिएका थिए ।

    नेताहरुका अनुसार, त्यही जानकारी बमोजिम आजको संसद् बैठक अवरोध गर्ने तयारी चलिरहेको छ ।

    संसद् बैठक आज ११ बजे बस्दैछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij