काठमाडौं । संसद् बैठक सुरु भएको केही समयमै प्रतिपक्षी दलहरूका सांसदले अवरुद्ध पारेका छन् ।
उनीहरूले संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारले आनाकानी गरेको भन्दै संसद् अवरुद्ध पारेका हुन् ।
यसका साथै सरकारका मन्त्रीहरूलाई उनीहरूले तत्काल संसदमा उपस्थित भएर जवाफ दिन आग्रह समेत गरे ।
सभामुख देवराज घिमिरले भने विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।