काठमाडौं । कवाड संकलन गरेर राख्ने ठाउँमा डोजर चलाएको र राख्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध संकलनकर्ता एवम् व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी एवम् संकलनकर्ताहरुले मेयर बालेन्द्र साह (बालेन)ले आफुहरुविरुद्ध ज्यादती गरेको आरोप लगाएका छन् ।
थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निर्णयविरुद्ध कवाडी संघ एवम् व्यवसायी र संकलनकर्ताहरुले जुलुससहित विरोध आन्दोलन गरेका छन् ।