आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

समाचार

सरकार र मिटरब्याजपीडितबीच आज पुनः वार्ता


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/7032
    फागुन १९, २०८० शनिबार
    सरकार र मिटरब्याजपीडितबीच आज पुनः वार्ता

    काठमाडौँ । सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ । यसअघि शुक्रबार भएको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए ।

    मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले चौथो चरणको वार्ता सकारात्मक रहेको बताए। उनले पनि आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

    सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

    अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij