आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

निर्वाचन आयोगद्वारा उपनिर्वाचन कार्यक्रम सार्वजनिक, कुन दिन के ? [विज्ञप्तिसहित]


  • 343
    SHARES
  • https://indrenipost.com/index.php/posts/7039
    फागुन १९, २०८० शनिबार
    निर्वाचन आयोगद्वारा उपनिर्वाचन कार्यक्रम सार्वजनिक, कुन दिन के ? [विज्ञप्तिसहित]

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख–१५ गते हुने उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।

    शुक्रबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आगामी चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता हुने जानकारी गराएका छन् ।

    आयोगका अनुसार, चैत्र २४ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन हुने र सोही दिन बेलुकी ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

    त्यस्तै, चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम तय भएको छ ।

    उक्त उजुरीमाथि जाँचबुझ गरी सोही दिन बेलुकी ५ देखि ६ बजेसम्मा उम्मेदवारको नमावली प्रकाशन गरिने कार्यक्रम छ ।

    त्यस्तै, उम्मेदवारको नाम फिर्ता लिनका लागि चैत्र २७ गते बिहान ९ बजेदेखि १ बजेसम्मको समय छुट्याइएको छ ।

    सोही दिन दिउँसो १ देखि ३ बजेसम्मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए ।

    वैशाख १५ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यक्रममा उल्लेख छ ।

    प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ-१ को प्रदेशसभा-१ मा उपनिर्वाचन हुँदैछ ।

    baisakh-15_INFEfKO2lQ.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij