आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

पूर्वप्रधानमन्त्री खनाल र समाजवादी मोर्चाका संयोजक विप्लवबीच कम्युनिष्ट एकता प्रयासबारे छलफल


  • 640
    SHARES
  • https://indrenipost.com/index.php/posts/7050
    फागुन १९, २०८० शनिबार
    पूर्वप्रधानमन्त्री खनाल र समाजवादी मोर्चाका संयोजक विप्लवबीच कम्युनिष्ट एकता प्रयासबारे छलफल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित भेटवार्ता गरेका छन् । शनिबार बिहान प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार पुगेका थिए ।

    भेटमा समसामयिक राजनीतिक र आपसी हितका विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी गराएको छ । शनिबारै साँझ खनाल र चार दल आबद्ध समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

    खनालको निवास डल्लुमा उनीहरूबीच छलफल भएको हो । त्यसक्रममा देशको वर्तमान अवस्था, कम्युनिस्ट एकताको समस्या र सम्भावना र समसामयिक विषयमा कुराकानी भएको खनालको सचिवालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij