आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

समाचार

सरकार र आन्दोलनरत दूग्ध किसानबीच सहमति, आन्दोलन स्थगित


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/7051
    फागुन १९, २०८० शनिबार
    सरकार र आन्दोलनरत दूग्ध किसानबीच सहमति, आन्दोलन स्थगित

    काठमाडौं । आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन गरिने भएको हो ।

    केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समय देखि रोकिएकोले उक्त रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि विभिन्न किसिमबाट आन्दोलनका कार्यक्रम गरिरहेको थियो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबिच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति गरिएको हो ।

    milk_DmRIQVjsql.webp

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij