काठमाडौं । संघीय संसद्का विभिन्न समितिका बैठक बस्दैछन् । संघीय संसद् सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन् ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो ४ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।