काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (आइतबार) बिहान बालुवाटारमा झन्डै एक घण्टा वार्ता भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच कुराकानी भएको हो ।
यसअघि आजै प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच पनि झन्डै एक घण्टा नै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा टिआरसी विधेयक संसदमा टेबुल गर्ने र समसामयिक राजनीतिक विषयबारे छलफल भएको बताइएको छ ।