आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

समाचार

टिआरसी विधेयक अघि बढाउन शीर्ष तीन दल सहमत


  • 316
    SHARES
  • https://indrenipost.com/index.php/posts/7065
    फागुन २०, २०८० आइतबार
    टिआरसी विधेयक अघि बढाउन शीर्ष तीन दल सहमत

    काठमाडौं । संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् ।

     लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् ।

    शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् । 

    आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् । 

    सो क्रममा उक्त विधेयकलाई संसदमा अघि बढाउनन उनीहरु सहमत भएका हुन् ।

    प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत भएका हुन् ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij