काठमाडौं । आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक बस्नेछ ।
बैठक बिहान ८ बजे बोलाइएको छ । सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
हिजो मात्रै प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुईपटक भेटवार्ता गरेका थिए ।
सो भेटबार्तापछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरु भएको छ ।
ओलीले पनि सरकार परिवर्तनबारेमा नयाँ कुरा गरिरहेको बेला यस बैठकलाइ अर्थपूर्ण ढंगले हेरिएको छ ।