काठमाडौं । सत्ता गठबन्धनमा देखिएको खटपटका बीच प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहँदा बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले सचिवालयको बैठक बसिरहेको छ ।
आज बिहान ७ बजेदेखि एमाले सचिवालयको बैठक बसिरहेको हो । यसअघि आइतबार दिनभरको दौडधुपपछि एमालेले सोमबार बिहानका लागि सचिवालय बैठक बोलाएको थियो ।
बैठकमा टीआरसी विदेयक तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।