नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बालुवाटारमा जारी रहेकाे हो ।
माओवादी केन्द्र र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको नेताहरुको खुलासा गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको हो ।
दलहरूबीच हाल प्रधानमन्त्री प्रचण्ड नै रहने सहमतिसमेत भएको छ । नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जनता समाजवादी सहभागी हुने नेताहरुको दाबी छ ।
आइतबारको बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
यसअघि आजै बिहान टीआरसी विधेयक टुंग्याउने सम्भावना छ ।