काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।
बैठक बिहान ११ बजे बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन पेश गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।