काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन् ।
सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)सँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
माओवादी केन्द्रसँग सोही विषयलाई लिएर सरकार सञ्चालन सम्बन्धी सहमति पनि लगभग भंग भएको जनाइएको छ ।