काठमाडौं । नयाँ सत्तासमीकरणपछि बन्ने मन्त्रिपरिषद्मा मन्त्री बन्ने तीन जनाको नाम टुंगो लागेको छ ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र, नेकपा एमाले र रास्वपाबाट एक एक जना मन्त्रीको नाम टुंगिएको बताए ।
उनका अनुसार माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्री बन्ने भएका छन् ।