काठमाडौं । नयाँ गठबन्धनको बैठक फेरि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दिउँसो साढे २ बजे नयाँ गठबन्धनको बैठक बस्ने नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।
बैठकपछि नयाँ गठबन्धनको आधारपत्र सार्वजनिक गरिने ती पदाधिकारीले बताए । बालुवाटारमै आज बिहान पनि गठबन्धनको बैठक बसेको थियो ।
उक्त बैठकमा दलका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई आज बन्ने मन्त्रीहरूको नाम दिएका थिए । एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितमान तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएको छ ।
मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए ।