काठमाडौं । नयाँ सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीसँग पनि छलफल गर्ने भएको छ ।
ती दललाई छलफलका लागि मंगलबार दिउँसो दुई बालुवाटार बोलाइएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बताए ।
नेपाली कांग्रेससँगको सहकार्य तोडेर सोमबार नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो ।
अहिलेको गठबन्धनमा नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र जनता समाजवादी पार्टी छन् ।
उनीहरूबीच सत्ता सहकार्यका लागि आठ बुँदे सहमतिसमेत भएको छ ।