शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

रविको गृह, भौतिक‚ पर्यटन र सहरी विकास लगायत अन्य मालदार मन्त्रालयमा दाबी


  • 649
    SHARES
  • https://indrenipost.com/index.php/posts/7114
    फागुन २२, २०८० मंगलबार
    रविको गृह, भौतिक‚ पर्यटन र सहरी विकास लगायत अन्य मालदार मन्त्रालयमा दाबी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ । चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ ।

    रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको सो पार्टीका एक शीर्ष नेताले बताए ।

    यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको ती नेताको भनाइ छ ।

    रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् । निर्णय हुन बाँकी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij