काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । सुन तस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।
अध्यक्ष प्रचण्डले मंगलबार बिहान ८ बालुवाटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको उपाध्यक्ष पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुनेछ ।
तर, स्रोतका अनुसार बैठक सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष महराका विषयमा पनि छलफल हुनेछ । उपाध्यक्ष महरालाई सोमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।