काठमाडौं । तीन संसदीय समितिको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एउटा समितिको बैठक बस्नेछ ।
पूर्वाधार विकास समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।
राष्ट्रिय सभातर्फको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको आगामी कार्ययोजना छलफल हुने कार्यसूची छ ।