बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

समाजवादी मोर्चा

विप्लव नेतृत्वको समाजवादी मोर्चाको बैठक बालुवाटारमा


  • 361
    SHARES
  • https://indrenipost.com/index.php/posts/7337
    चैत ९, २०८० शुक्रबार
    विप्लव नेतृत्वको समाजवादी मोर्चाको बैठक बालुवाटारमा

    काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको बुझिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

    विप्लवले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् । बिहीबार बेलुका मात्रै नेता विप्लवले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij