काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान कागज गराएको छ ।
शिला अरुण चौधरीकी पत्नी हुन् । बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको कम्पाउण्डमा च्याम्पियन फुटवेर स्थापना गरेर जग्गा नीजिकरण गर्नुमा अरुणको मुख्य भूमिका रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निष्कर्ष छ ।
चौधरी दाजुभाइका भिनाजु महेश अग्रवाललाई पनि सीआईबीले यसअघि कागज गराएको थियो ।
बाँसबारी प्रकरणमा अहिलेसम्म ३ जनाको बयान कागज र सांसद विनोद चौधरीसहित ४ जनालाई बयान लिएको सिआईबीले बताएको छ ।