बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

विधान अधिवेशन निर्णय

माओवादी केन्द्रले १८ वटा विभाग हटायो, अब कति ?


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7346
    चैत ९, २०८० शुक्रबार
    माओवादी केन्द्रले १८ वटा विभाग हटायो, अब कति ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय विभाग १५ वटामा झारेको छ ।

    फागुन १ गतेदेखि ३ सम्म काठमाडौंको कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले १५ वटा विभाग कायम गरेको हो ।

    यसअघि माओवादीको ३३ वटा विभाग रहेको थियो । सम्बन्धित तहको पार्टी समितिलाई विषयगत आधारमा नीतिगत सुझाव र सिफारिसको लागि केन्द्र, प्रदेश र स्थानीय पालिकाहरूमा विषयगत विभागहरू गठन गरी सञ्चालन गर्न सकिने विधानमा उल्लेख छ ।

    यस्तै विभागको संयोजक सम्बन्धित तहको समितिको सदस्यको संयोजकत्वमा विषयगत अनुभवी विज्ञहरू समावेश गरी केन्द्रमा प्रमुखसहित बढीमा १५ सदस्यीय र प्रदेश तथा पालिकास्तरमा प्रमुखसहित बढीमा ९ सदस्यीय विभाग गठन गर्ने उल्लेख छ ।

    विभागहरूको क्षेत्राधिकार र कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले जारी गर्ने नियमावली अनुरूप हुनेछ ।

    अधिवेशन प्रतिनिधिहरूले विभाग ठूलो भएको भन्दै सानो र चुस्त बनाउन सुझाव दिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij