काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनीहरूबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग समसामयिक विषयमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिए ।
त्यस्तै एमालेलाई विप्लव नेतृत्वको समाजवादी मोर्चामा सहभागी गराउने बिषयमा प्रधानमन्त्री र ओलीबीच छलफल भएको बताइएको छ ।
तर, उक्त मोर्चामा एमाले सहभागी नहुने ओलीले स्पष्ट पारेका छन् ।