बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै


  • 316
    SHARES
  • https://indrenipost.com/index.php/posts/7359
    चैत १०, २०८० शनिबार
    उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

    काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।   

    उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने छन् ।  

    साथै, भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।  

    उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    newskarkahna-news664790..jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij