बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राजनीति

रवि लामिछानेको सडकदेखि सदनसम्म विरोध, शेखर भन्छन्- गृहमन्त्रीको पदमा बस्ने छुट छैन


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/7365
    चैत १०, २०८० शनिबार
    रवि लामिछानेको सडकदेखि सदनसम्म विरोध, शेखर भन्छन्- गृहमन्त्रीको पदमा बस्ने  छुट छैन

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।

    सडकदेखि सदनसम्म चौतर्फी विरोध भैरहँदा पनि रवि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको उनको भनाइ छ ।

    “तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लागेर निर्दोष सावित भए फेरि मन्त्री भए भएहाल्यो,” कोइरालाले भने ।

    काठमाडौंको मध्येबानेश्वरमा पार्टीका स्थानीय कार्यकर्तासँगको भेटमा कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडाैंका चेतनशील मानिस चुपचाप बसिरहँदा अचम्म लागेको बताए ।

    हरेक परिवर्तनमा काठमाडौबासीको भूमिका महत्तवपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

    स्थानीय कार्यकर्ताले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको गुनासो गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij