बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

एकीकृत समाजवादीको बैठक बस्दै, महाधिवेशनबारे छलफल गर्ने तयारी


  • 370
    SHARES
  • https://indrenipost.com/index.php/posts/7384
    चैत ११, २०८० आइतबार
    एकीकृत समाजवादीको बैठक बस्दै, महाधिवेशनबारे छलफल गर्ने तयारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैछ ।

    पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले महाधिवेशनको तयारीबारे छलफल गर्ने बुझिएको छ ।

    आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरिसकेको सन्दर्भमा महाधिवेशनको राजनीतिक दस्तावेजमा समावेश गरिने मुख्य अजेन्डा रहेको बुझिएको छ ।  

    उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको २७ सदस्यीय दस्तावेज लेखन समितिले सचिवालयमा सो दस्तावेज प्रस्तुत गर्नेछ ।  

    साथै, सचिवालय बैठकले आगामी बैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल पनि गर्ने जनाइएको छ ।    

    एकीकृत समाजवादीले आगामी जेठमा काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्दैछ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij