बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

सुन तस्कर प्रकरण

सुन तस्करमा मुछिएका प्रहरी र कर्मचारीलाई कारबाही गर्न गृहद्वारा समिति गठन


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/7387
    चैत ११, २०८० आइतबार
    सुन तस्करमा मुछिएका प्रहरी र कर्मचारीलाई कारबाही गर्न गृहद्वारा समिति गठन

    काठमाडौं । ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्‍त्रालयले समिति बनाएको छ ।

    सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेसँगै त्यसलाई कार्यान्वयन गर्नका लागि गृहले समिति बनाएको हो ।

    गृहका सूचना अधिकारी एवं उपसचिव एकदेव अधिकारीका अनुसार कानून महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्‍य समिति बनाएको हो ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्यहरू छन् । जाँचबुझ आयोगले प्रहरीका उच्च अधिकृत सहितलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो ।

    तत्कालीन सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपीद्वय दुर्गा दाहाल र रूगम कुँवरले अनुसन्धानमा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको थियो ।

    जाँचबुझ आयोगले चैत १ गते उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले अनुसन्धान सिआइबीको कमजोरी समेत देखाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij