बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

उपनिर्वाचन

बझाङ-१ मा भण्डारी र इलाम-२ मा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय


  • 523
    SHARES
  • https://indrenipost.com/index.php/posts/7391
    चैत ११, २०८० आइतबार
    बझाङ-१ मा भण्डारी र इलाम-२ मा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाडौं । नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

    आइतबार बसेको सचिवालय बैठकबाट नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

    यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए ।

    भण्डारी एमाले बझाङ जिल्ला अध्यक्ष हुन् । उमेदवारका पक्षमा समर्थन गर्न अपिल गर्ने निर्णय पनि गरिएको ज्ञवालीले बताए ।

    आउँदो वैशाख १५ गते ती क्षेत्रमा उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij