बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

खेलकुद

स्पट फिक्सिङमा खेलाडीमाथि प्रमाण नपुगेपछि ५ खेलाडीले पाए सफाइ


  • 919
    SHARES
  • https://indrenipost.com/index.php/posts/7402
    चैत १२, २०८० सोमबार
    स्पट फिक्सिङमा खेलाडीमाथि प्रमाण नपुगेपछि ५ खेलाडीले पाए सफाइ

    कामठाडौं । स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङमा दावी नपुगेको भन्दै उनीहरुलाई सफाइ दिएका हुन् ।

    गत वर्ष काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप उनीहरुमाथि थियो । पक्राउ परेका ३ खेलाडी पछि धरौटीमा छुटेका थिए ।

    गत वर्ष ९ देखि २७ पुसमा काठमाडौँको कीर्तिपुरमा भएको नेपाल टी २० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरेको थियो ।

    अनुसन्धानकै क्रममा प्रहरीले महबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो । प्रहरीले फिक्सिङमा संलग्न भएको दावी गरेका नवीन कँडेल र रवि माझी फरार थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij