बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राजनीति

एकीकृत समाजवादीको महाधिवेशन तयारी : राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/7408
    चैत १३, २०८० मंगलबार
    एकीकृत समाजवादीको महाधिवेशन तयारी : राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ ।

    पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ ।

    कमिटीमा केही पूर्वसुरक्षाकर्मी, राजनीतिक व्यक्तित्वलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी प्रदान गरिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

    महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

    देशभर महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण गरिरहेको पार्टीले सदस्यता विस्तार, प्रशिक्षण, राजनीतिक गतिविधि, जनवर्गीय सङ्गठनका अधिवेशनलगायत कार्यक्रम सञ्चालन गरेको छ ।

    महाधिवेशन दस्तावेज लेखन समितिले केन्द्रमा राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ । पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij