तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना सकिँदा राष्ट्रपति भ्लादमिर पुटिनको समर्थित युनाइटेड रसिया पार्टीले ४५ प्रतिशत मत प्राप्त गरेको छ । प्रतिष्पर्धी अर्को दल रुसी कम्युनिष्ट पार्टीले २२ प्रतिशत मात्रै मत पाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
युनाइटेड रसिया पार्टीले पाँच वर्षअघि भएको चुनावमा ५४ प्रतिशत मत पाएको थियो । ६८ वर्षीय पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि निरन्तर रूसी सत्ताको केन्द्रमा छन् ।
गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको छ । सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ । उक्त चुनावमासमेत पुटिन उम्मेदवार बन्ने अनुमान गरिएको छ । तर, यसबारे पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताएका छैनन् ।