काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेका आर्सनल र म्यानचेस्टर सिटी आ–आफ्ना खेलमा विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले लुटन टाउनलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा फर्किदा सिटीले एस्टन भिल्लालाई ४–१ ले पराजित गर्यो ।
आफ्ना स्टार खेलाडी बुकायो साकाबिना मैदानमा उत्रिएको आर्सनलले घरेलु मैदानमा पहिलो हाफमै गरेको दुई गोल उसको जितमा निर्णायक बन्यो । आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले २४ औं मिनेटमा अग्रता दिलाएका थिए ।
४४ औं मिनेटमा लुटनका जापानी डिफेन्डर डाइकी हासिओकाले आत्मघाती गोल गर्दा आर्सनल २–० को अग्रता बनाउन सफल भयो । दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन सकेन। जितसँगै आर्सनल लिभरपुलको खेल अघिसम्म शीर्ष स्थानमा रहन सफल भयो ।
आर्सनलको ३० खेलबाट अंक भएको छ। गएराति नै भएको खेलमा सिटीले एस्टन भिल्लालाई ४–१ ले पराजित गर्यो । सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरे ।
११ औं मिनेटमा रोड्रीको गोलमार्फत अग्रता बनाएको सिटीविरुद्ध भिल्लाले २० औं मिनेटमा बराबरी गोल गरेको थियो । तर फोडेनले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा २–१ को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो । फोडेनले रोड्रिकै पासमा ६२ औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । ६९ औं मिनेटमा फोडेनले ह्याट्रिक पूरा गर्दै टिमको जित पक्का गरेका थिए ।
सिटी सिटी ३० खेलबाट लिभरपुल ६७ अंकका साथ तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ६७ अंकसहित दोस्रो स्थानमा छ ।
लिभरपुले आज सेफिल्ड युनाइटेडसँग खेल्दैछ । गएराति नै भएको खेलमा ब्रेनफोर्ड र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।