बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

खेलकुद

एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/7560
    चैत २५, २०८० आइतबार
    एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

    काठमाडौं । फाइनलमा गुजरात क्रिकेट एसोसियसनविरुद्ध १८ रनको जित निकाल्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधि जितेको छ ।

    आइतबार भारतको वापीमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभर खेले पनि आठ विकट गुमाएर १५८ रनमात्र बनाउन सक्यो ।

    त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो । नेपालका कप्तान रोहितले ४७ बलमा पाँच चौका र चार छक्कासहित ७४ रन बनाए ।

    आसिफ शेखले ३४ र कुशल मल्लले ३१ रन थपे । कुशल भुर्तेलले १९ रन जोडे । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले समान सात रन बनााए । गुजरातका जयमित पटेल, स्हेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले समान एक विकेट लिए ।

    एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाल लिग चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै विजेताका रूपमा फाइनल पुगेको थियो । गुजरातले भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो ।

    त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसिएसनले प्रतिस्पर्धा गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij