मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उपनिर्वाचन

निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/7564
    चैत २६, २०८० सोमबार
    निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

    काठमाडौं । उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ । सोमबार बेलुकी उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

    आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो ।

    अपराह्न ३ बजेपछि सोमबार अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।

    तर इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन । यसैगरी मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ ।

    २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

    उपनिर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij