मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

कांग्रेस बैठकको निर्णय

गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालत जाने कांग्रेसको निर्णय


  • 622
    SHARES
  • https://indrenipost.com/index.php/posts/7567
    चैत २६, २०८० सोमबार
    गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालत जाने कांग्रेसको निर्णय

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

    आज (सोमबार) बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय गरेको एक नेताले जानकारी दिए ।

    सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पुर्‍याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ ।

    गण्डकीमा सभामुखको हस्ताक्षरसहित नेकपा (एमाले)बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । त्यहाँ सरकार बनाउने बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक पर्छ ।

    सत्ता गठबन्धनले सभामुखको हस्ताक्षरसहित ३१ जनासहित बहुमत पुर्‍याएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij