मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक आह्वान


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/7569
    चैत २६, २०८० सोमबार
    कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक आह्वान

    काठमाडौं । नेपाली कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

    कांग्रेसले मंगलबार बिहान ७:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ ।

    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ र मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

    बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij