मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

समाचार

गृहमन्त्री रवि लामिछानेमाथि सत्यतथ्य छानबिनका लागि संसदीय समिति गठन हुनैपर्ने देउवाको अडान


  • 631
    SHARES
  • https://indrenipost.com/index.php/posts/7570
    चैत २६, २०८० सोमबार
    गृहमन्त्री रवि लामिछानेमाथि सत्यतथ्य छानबिनका लागि संसदीय समिति गठन हुनैपर्ने देउवाको अडान

    काठमाडौं । सभामुख देवराज घिमिरेद्वारा बोलाइएको प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक जारी छ ।

    बैठक सभामुखको कार्यकक्ष सिंहदरबारमा बसिरहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

    प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएको सम्बन्धमा छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका हुन् ।

    बैठक आज (सोमबार) बिहान १०:३० का लागि बोलाइएको भए पनि पछि २ बजेका लागि सरेको थियो ।

    बैठकमा सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

    त्यस्तै, माओवादी केन्द्रका हितराज पाण्डे सहभागी छन् । कांग्रेसबाट शेरबहादुर देउवा र रमेश लेखक सहभागी भएका छन् । एमालेका विष्णु पौडेल र महेश बर्तौला सहभागी छन् ।

    त्यस्तै रास्वपाका रवि लामिछाने र सन्तोष परियार सहभागी छन् ।

    बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार कांग्रेस सभापति देउवाले गृहमन्त्री रवि लामिछानेमाथिको सत्यतथ्य छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग अडान राखेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij