काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्दैछ ।
कार्यसमितिको बैठक बिहान साढे ७ बजे बस्नेछ भने संसदीय दलको बैठक ८ बजेका लागि बोलाइएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । संसद्को आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।
गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि उनीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।