मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

संसद् बैठक

संसदीय समिति गठनबाट पछि हटेन कांग्रेस, सांसदहरू भन्छन् : संसद् चल्न दिँदैनौँ 


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/7582
    चैत २७, २०८० मंगलबार
    संसदीय समिति गठनबाट पछि हटेन कांग्रेस, सांसदहरू भन्छन् : संसद् चल्न दिँदैनौँ 

    काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।

    कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

    मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

    उनका अनुसार कांग्रेसका सांसदहरूले संसद्को गतिरोध कायमै राख्नेछन् भने विरोध पनि गर्नेछन् । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij