मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

सहकारी ठगी मुद्दालाई यतिकै सेलाउन दिँदैनौँ : देउवा


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/7583
    चैत २७, २०८० मंगलबार
    सहकारी ठगी मुद्दालाई यतिकै सेलाउन दिँदैनौँ : देउवा

    काठमाडौं । नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ । 

    मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् ।

    सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउदै यस मुद्दालाई यतिकै छोड्न नहुने बताएका हुन् । 

    उनको भनाइलाई उद्धृत गर्दै एक नेताले भने– ‘लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरु गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’

    आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्दालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij