काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक अझैँ सञ्चालन हुन सकेको छैन । आज (मंगलबार) बिहान ११ बजेदेखि सुरू हुने कार्यसूची भए पनि १२ः३० बजिसक्दा पनि बैठक सुरू नै भएको छैन ।
संसद्लाई गति दिनतेबारे दलहरूबीच छलफल भइरहेकोले निर्धारित वा तोकिएको समयमा सञ्चालन हुन नसकेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बताए ।
संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दलहरूबीच छलफल भइरहेको छ ।
ऋाज बस्ने बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पाण्डेयले जानकारी दिए ।