काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।
आजै बसेको कांग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।
सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक–एक सांसद छन् । राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ ।