मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

संसद् बैठक

कांग्रेसद्वारा संसद् बैठक अवरोध, १५ मिनेटपछि पुनः बस्ने


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7587
    चैत २७, २०८० मंगलबार
    कांग्रेसद्वारा संसद् बैठक अवरोध, १५ मिनेटपछि पुनः बस्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

    बैठक सुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराएको थियो ।

    कांग्रेस सांसद सुशिला थिङले सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरेकी थिइन् ।

    सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका थिए । लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij