मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

निषेधाज्ञा तोड्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच झडप


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/7588
    चैत २७, २०८० मंगलबार
    निषेधाज्ञा तोड्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच झडप

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ ।

    भृकुटीमण्डपबाट सुरू भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । 

    निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ ।

    प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij