काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनले आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।