मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

निर्वाचन

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन : घिमिरे र पुडासैनीबीच प्रतिस्पर्धा


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/7598
    चैत २८, २०८० बुधबार
    राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन : घिमिरे र पुडासैनीबीच प्रतिस्पर्धा

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको छ ।

    नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् ।

    सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् ।

    समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् ।

    उनको कार्यकाल दुई वर्ष बाँकी छ । कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् ।

    पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट उनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij