मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

संसद् बैठक

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले विरोध कायमै राख्ने


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/7600
    चैत २८, २०८० बुधबार
    प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले विरोध कायमै राख्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मंगलबार नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधिसभा आजका लागि सारिएको हो ।

    बैठकमा कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै सदनमा उभिएर विरोध जनाएका जनाएका थिए । सांसदहरूले संसद्‍मा निरन्तर अवरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

    तर कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर बैठक स्थगित गरियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले त्यसका लागि संसदीय छानबिन समिति गठन नभए आजको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।

    बैठक सञ्चालनका लागि यसअघि भएको सभामुख र राजनीतिक दलका शीर्ष नेताबीचको छलफल पनि कुनै निष्कर्षमा पुग्न सकेन । बैठक साँझ पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

    बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान नछाडेपछि सहमति जुट्न सकेन । बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री रवि लामिछाने, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरु सहभागी थिए ।

    आजको बैठकको कार्यसूची 

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिने ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने ।

    अर्थ मन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलकोलागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij